चिकित्सकलाई तत्काल ४८ हजार निर्वाह भत्ता दिन संघको माग

काठमाडौँ : नेपाल चिकित्सक सङ्घले आवासीय चिकित्सकलाई सङ्घीय सरकारको आठौँ तह सरहको ४८ हजार ७ सय ३७ निर्वाह भत्ता तत्काल दिन माग गरेको छ।
निजी मेडिकल कलेजहरुले अझैँ पनि निर्वाह भत्ता दिन आनाकानी गरेपछि संघले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले गरेको निर्णय लागु नभएको भन्दै सो निर्णय तत्काल लागू गर्न माग गरेको हो। चिकित्सा शिक्षा आयोगको वैशाख ३ को बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो।
शनिवार संघले विज्ञप्ति मार्फत शनिवार बसेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्न समेत माग गरेको छ।
सङ्घका महासचिव डा सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म कार्यदलको काम कारबाहीमा सहभागी नहुने निर्णय गरेको उल्लेख छ।
वैशाख ६, २०८२ शनिबार २०:००:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।