भारतीय प्रधानमन्त्री मोदीको बिहार भ्रमणको सुरक्षाबारे नेपाल–भारतका सुरक्षा अधिकारी छलफलमा

जनकपुर : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बिहार भ्रमणको सुरक्षाबारे नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भएको छ।
मोदी अप्रिल २४ मा बिहारको मधुवनीमा आउन लागेका हुन्। उनको भ्रमणको सुरक्षाबारे नेपाल र र भारतका सुरक्षा अधिकारीबीच शनिवार छलफल भएको हो।
भारतको जयनगरमा भएको सीमा सुरक्षा सम्बन्धी छलफलमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी थिए। भारतको तर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकमा सहभागी थिए।
वैशाख ६, २०८२ शनिबार १९:५०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।