बालुवाटारमा सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरुद्धको षड्यन्त्रबारे शीर्ष नेताको छलफल

काठमाडौं : प्रमुख तीन दलका शीर्ष नेताहरूसहित बालुवाटारमा भेला भएर सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिको कामबारे छलफल गरेका छन्।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका हुन्।
छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल समेत सहभागी थिए।
सल्लाहकार खरेलले बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि दुई आयोगका पदाधिकारी टुंग्याउन बनेको समितिले गरिरहेको कामबारे छलफल भएको जानकारी दिए।
उनले अहिले संविधान र लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र सुरु भएको भन्दै तीनै दलका शीर्ष नेताबीच गणतन्त्रको रक्षाका लागि एकै ठाउँमा उभिनेबारे समेत छलफल भएको जानकारी दिए।
वैशाख ६, २०८२ शनिबार १९:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।