तीनकुने प्रदर्शन हिंसात्मक बनाएको आरोपमा सन्तोष पक्राउ

तीनकुने प्रदर्शन हिंसात्मक बनाएको आरोपमा सन्तोष पक्राउ

काठमाडौं :  चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा फैलाएको आरोपमा सन्तोष कुमार सिलवाल समातिए।

प्रहरीको सीआईबी टोलीले  कोटेश्वरको महादेवस्थानबाट उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ। उनी सन्तोष राजावादीको नामले परिचित छन्।

दुई जनाको ज्यान जानेगरी तीनकुनेमा भएको प्रदर्शनलाई भड्काउने, निषेधित क्षेत्र तोड्न प्रयास गर्ने लगायतका गतिविधिमा संलग्न रहेको आरोपमा उनी समातिएका हुन्।

प्रहरीले प्रदर्शनलाई हिंसात्मक बनाउन संलग्न देखिएका, तोडफोड र आगजनी गर्ने लगायतमा संलग्न रहेको आरोपमा रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

आयोजकहरूमाथि राज्य विरुद्ध र सङ्गठित अपराधको अभियोग लगाएको छ। अन्यमाथि आपराधिक उपद्रोमा अनुसन्धान गरिरहेको छ। घटनापछि भागेका दुर्गा प्रसाईँलाई प्रहरीले १४ दिनपछि भारतको आसामबाट नियन्त्रणमा लिएर नेपाल ल्याएको थियो।

वैशाख ६, २०८२ शनिबार १८:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।