अमेरिकाबाट फर्काइयो तीन नेपाली,मानव बेचबिखन ब्युरोको नियन्त्रणमा

अमेरिकाबाट फर्काइयो तीन नेपाली,मानव बेचबिखन ब्युरोको नियन्त्रणमा

काठमाडौं : अवैध रूपमा बसेको भन्दै अमेरिकाले  तीन नेपालीलाई निष्कासन गरेर चार्टड विमानमार्फत काठमाडौं ल्याइएको छ।

टेक्ससमा रहेका पर्वत, दाङ र रुकुम पश्चिमका तीन युवाहरूलाई अमेरिकाले नेपाल पठाएको हो। चार बंगलादेशीसहित आएको चार्टर्ड विमान पहिला बंगलादेश गएको थियो।

अवैध बंगलादेशी छाडेर नेपाल आएको विमानले तीन नेपालीलाई छाडेर फर्कियो। अध्यागमनले उनीहरूलाई शनिवारै मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको थियो।

यसअघि फागुन २१ मा चार्टड विमानमार्फत अमेरिकाले ८ नेपालीलाई काठमाडौं ल्याइएर छाडेको थियो। 

वैशाख ६, २०८२ शनिबार १७:३१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।