यू-१९ विश्वकप छनोटः मुलपानीमा पानी रोकिएपछि पिचको कभर हटाइयो, मैदानको निरीक्षण हुँदै

काठमाडौं : आईसीसी अन्डर-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र अफगानिस्तान बीचको खेल हुँदैछ।
लिग चरणको आफ्नो अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन्। खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरू हुने भनिएपनि वर्षाका कारण टस गर्न ढिलाइ भएको छ।
अहिले मुलपानीमा पानी रोकिएपछि मैदानलाई ढाकिएको पिचको कभर हटाइएको छ।
कभर हटाइसकेपछि अम्पायरले मैदानको निरीक्षण गर्दैछन्। पिचको अवस्था नियालेपछि खेलको बारे निर्णय लिइनेछ।
आजको खेलमा जित हात पार्ने टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने अन्डर-१९ पुरूष विश्वकपमा स्थान बनाउने छ।
वर्षाका कारण खेल रद्द भए विश्वकप पुग्ने नेपालको सपनामा पूर्णविराम लाग्नेछ। रन रेटका आधारमा अफगानिस्तान विश्वकपमा पुग्नेछ।
वैशाख ६, २०८२ शनिबार ०९:४७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।