जङ्गली जनावरको ‘रेस्क्यु’ टोली देशभर सक्रिय

ललितपुर : जङ्गली जनावरको लागि ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय भएको छ।
जङ्गली जनावर घाइते वा टुहुरा देखेमा तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ।
चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन्। “हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपाल अधिराज्यभरि पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्”, शाहले भने।
केही दिनअघि मात्र रामेछापमा दुई पटक चितुवा रेस्क्यु गरिएको थियो। सूचना प्राप्त भएको केही समयमै चिडियाखाना र सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको थियो।
शाहका अनुसार, चिडियाखानाको केन्द्रीय टोली काठमाडौं उपत्यकामा सक्रिय रहन्छ भने चितवन, बर्दिया, शुक्लाफाँटा र कोशी क्षेत्रमा पनि रेस्क्यु शाखाहरू सञ्चालनमा छन्।
चिडियाखानाले जनावरमाथि दुव्र्यवहार, आक्रमण वा बेवास्ता नगरी तुरुन्तै सम्बन्धित निकाय वा चिडियाखानामा जानकारी गराउन आमसर्वसाधारणसँग चिडियाखानाको अनुरोध छ। यसले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
वैशाख ६, २०८२ शनिबार ०८:५०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।