विद्युतिय सवारी साधनको बीमा नीति विषयमा नाडा र बिमा प्राधिकरणबीच छलफल

विद्युतिय सवारी साधनको बीमा नीति विषयमा नाडा र बिमा प्राधिकरणबीच छलफल

काठमाडौं : अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल बिमा प्राधिकरणबीच शुक्रबार विद्युतिय सवारी साधनहरूको बीमा नीति सम्बन्धमा छलफल भएको छ।

नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्राधिकरण अध्यक्ष शरद ओझासँग भेट गर्दै स्पष्ट, पारदर्शी र सुसंगत बीमा नीतिको आवश्यकताबारे चर्चा गर्यो।

प्राधिकरणले क्लेम प्रक्रिया सुधार, स्पेयर पार्ट्स र मूल्यसम्बन्धी विवरण समेटिने नीति निर्माणको तयारी भइरहेको जानकारी दिएको छ। साथै, नाडालाई नीति निर्माणमा प्रत्यक्ष संलग्न गराउने निर्णय भएको छ।

छलफलमा दुवै पक्षका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।
 

वैशाख ५, २०८२ शुक्रबार २१:३८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।