पकेटमा रकेटः रेडमी ए ५ सार्वजनिक

काठमाडौं : शाओमीले नेपालमा नयाँ बजेट स्मार्टफोन रेडमी ए ५ सार्वजनिक गरेको छ।
“पकेटमा रकेट” ट्यागलाइनसहित आएको यो फोनमा रेडमी ए ५ मा ३२ मेगापिक्सेलको डुअल एआई क्यामेरा सिस्टम र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ।
रातको समयमा समेत अनुहार उज्यालो देखाउने ‘फिल लाइट’ सहितको सेल्फी अनुभवले ग्राहकलाई लोभ्याउने कम्पनीको दाबी छ। साथै नयाँ वाटरमार्क फिचरले फोटोमा व्यक्तिगत स्पर्श थप्ने बताइएको छ।
यस्तै ६.८८ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, आधुनिक फ्ल्याट फ्रेम र ८.२६ मिमी पातलो बनावटले रेडमी ए५ लाई थप आकर्षक बनाएको छ। यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध छ। साथै यस फोनको तौल १९३ ग्राम मात्रै रहेको छ।
वैशाख ५, २०८२ शुक्रबार २१:२४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।