दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बस राप्ति गाउँपालिका-५ लठह्वामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा दश जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ निवासी ५६ वर्षीय निलसरोज यादवको मृत्यु भएको छ। मृतक महिलाको भने पहिचार खुल्न नसकेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।
घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ।
वैशाख ५, २०८२ शुक्रबार २०:३८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।