निर्वाचन आयोग नेतृत्वहिन, थपलियाले पाए अवकाश

निर्वाचन आयोग नेतृत्वहिन, थपलियाले पाए अवकाश

काठमाडौं : निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पद रिक्त भएको छ। दिनेश कुमार थपलियाले शुक्रबार अवकाश पाएसँगै सो पद रिक्त भएको हो।

प्रमुख आयुक्तको पदावधि ६ वर्षको हुन्छ। सचिवबाट अवकाश पाए लगत्तै उनी आयोगको प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थिए। सरकारले उनलाई २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेका थिए।

वैशाख ५, २०८२ शुक्रबार २०:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।