१०औं राष्ट्रिय खेलकुद स्थगन हुनुको कारण संघ सरकार : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन हुनुको कारण सङ्घीय सरकार रहेको बताएका छन्।
खेलकुद क्षेत्रसँग सम्बन्धित सङ्घ सँस्थाहरूसँग शुक्रबार भएको छलफलमा कँडेलले प्रतियोगिता स्थगन हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारे।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना तय गरिएको थियो।
प्रतियोगिता गर्ने भन्ने तर आवश्यक तयारीका लागि खेलकुद मन्त्रालयले आलटाल गरेको मुख्यमन्त्रीको आरोप छ। पछिल्लो समय प्रतियोगिताका लागि अपेक्षित काम नभएपछि मुख्यमन्त्री कँडेलले असन्तुष्टि पोख्दै आएका छन्।
खेलकुद प्रतियोगिता कर्णालीमा हुने भए पनि त्यसको मुख्य आयोजक सङ्घीय सरकार भएकाले पूर्वाधारमा प्रदेशलाई सहयोगको आग्रह गर्दासमेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलको गुनासो छ।
वैशाख ५, २०८२ शुक्रबार १९:२८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।