फेसबुक-ट्विटर जस्ता सामाजिक सञ्जाल दर्ता हुनैपर्छ : मन्त्री गुरुङ

फेसबुक-ट्विटर जस्ता सामाजिक सञ्जाल दर्ता हुनैपर्छ : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन्।

शुक्रबार संचारिक समूह नेपालको ९ औँ महाधिवेशनमा बोल्दै उनले सरकारले आम सञ्चार विधेयकको ड्राफ बनाउन लागेको जानकारी दिँदै सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्ने बताए। 
 
‘सामाजिक सञ्जाल विधेयक रोकिएको छ । मेटा, ट्विटर, गुगल,  टिकटकहरूले नेपालको कानून मान्ने कि नमान्ने  ? नेपालको संविधान मान्नुपर्छ कि पर्दैन् ? दर्ता हुने कि नहुने ?’ उनले प्रश्न गरे। ‘उनीहरूको कन्टेन्टले हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा बोल्यो भने समाजमा ठूलो प्रभाव पर्नसक्छ। त्यसैले तिनीहरूको पनि नियमन हुनुपर्छ। त्यसले प्रेस स्वतन्त्रतालाई खोस्दैन्।’


मन्त्री गुरुङले सञ्चार मन्त्रालयबाट कानून, नीति बन्न नसकेको भन्दै पञ्चायत नीतिमा सञ्चार क्षेत्र चलिरहेको बताए। उनले बहुदल आएपछि २०४६ सालपछि एउटा मात्र कानून बनेको बताए। ‘मन्त्रालयमा एकदमै ठुलो समस्या छ। बहुदल आएपछि २०४६ सालपछि एउटा मात्र कानून बनेको छ। प्रेस काउन्सिल सम्बन्धि कानून। अर्का २०८१ को असारमा सूचना प्रविधिसम्बन्धि ऐन बनेको छ। त्यस बाहेक सबै पुरानो छ,’उनले भने। 
 

वैशाख ५, २०८२ शुक्रबार १६:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।