एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा ५०० एमबीसम्म बोनस डेटा

काठमाडौं : एनसेलका ग्राहकले अब एनसेल एपमार्फत रु. १०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा बोनस डेटा प्राप्त गर्ने भएका छन्।
ग्राहकमैत्री डिजिटल अनुभव प्रदान गर्न डिजाइन गरिएको यो सेल्फ-सर्भिस एपले विभिन्न सुविधाहरू प्रदान गर्छ।
रु. १०० देखि रु. २०० सम्मको रिचार्जमा १ दिनका लागि २०० एमबी बोनस डेटा उपलब्ध छ। त्यस्तै, रु. २०० वा सोभन्दा माथिको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा पाइन्छ।
स्क्र्याच कार्डमार्फत गरिएको रिचार्जमा यो सुविधा लागू हुँदैन। यो अफरले ग्राहकलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्छ।
एनसेल एपले दुई क्लिकमै डेटा/भ्वाइस प्याक खरिद, सधैं अन प्याक, रिचार्ज, बिल हेर्ने, डेटा र भ्वाइस परिवर्तन, प्याक उपहार पठाउनेलगायत सुविधा प्रदान गर्छ।
साथै, अनलाइन/अफलाइन गेम, समाचार, रोमिङ सेवा, सेवा सक्रिय/निष्क्रिय गर्नेलगायत थप सुविधा पनि उपलब्ध छन्।
विदेश जाने ग्राहकका लागि यो एपले रिचार्ज, प्याक खरिद र रोमिङ सेवामार्फत सम्पर्कमा रहन सहयोग गर्छ। ग्राहकले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी यी सुविधाको लाभ लिन सक्छन्।
वैशाख ५, २०८२ शुक्रबार १३:५८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।