बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

काठमाडौं : बीवाईडी सिगल (डल्फिन मिनी) ले २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड जितेको  छ।

अप्रिल १६ मा न्युयोर्क इन्टरनेसनल अटो शोमा आयोजित वर्ल्ड कार अवार्डमा ११ उत्कृष्ट सवारीसाधनलाई पछि पार्दै चिनियाँ अटोमोटिभ ब्रान्ड बीवाईडीले पहिलोपटक यो प्रतिष्ठित उपाधि हात पारेको हो।

यो जितले न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ।

बीवाईडी सिगलको ओसन एस्थेटिक्स डिजाइन, उच्च सुरक्षा, स्मार्ट ड्राइभिङ फिचर र सिटी-फ्रेन्डली परफर्मेन्सले विश्वभरका बजारमा लोकप्रियता कमाएको छ।

९६ अन्तर्राष्ट्रिय निर्णायकलाई यसको अग्रगामी डिजाइन र उत्कृष्ट अर्बन मोबिलिटीले प्रभावित पारेको हो। बीवाईडीकी एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले यो सम्मानलाई दिगो प्रविधि र उत्कृष्ट सेवाप्रतिको प्रतिबद्धताको प्रमाण ठानिन्।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सिगलको सडक परीक्षण गरिसकेको छ र छिट्टै बजारमा ल्याउने तयारीमा छ।

यो मोडल नेपाली बजारमा बहुप्रतीक्षित छ। बीवाईडीले हरित यातायात र पृथ्वीलाई चिसो राख्ने अभियानमा आफ्नो नवप्रवर्तन जारी राख्ने प्रतिबद्धता जनाएको छ।

वैशाख ५, २०८२ शुक्रबार १३:५४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।