कपिलबस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, एक थान गोलीको खोका बरामद

कपिलबस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, एक थान गोलीको खोका बरामद

बुटवल : कपिलबस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका-१ पकडीस्थित निवासमा नै गोली प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा चौधरीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ। सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अधिकारीले कम्पाउन्ड बाहिरबाट हानेको गोली छलेकोले चौधरीलाई कुनै चोट नलागेको बताए।

साथै, घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन्।

वैशाख ५, २०८२ शुक्रबार १३:३९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।