चीनमाथि २४५ प्रतिशत कर लगाएपछि ट्रम्प भन्छन्- ‘हामीसँग कसैले पनि प्रतिष्पर्धा गर्न सक्दैन, चीनसँग सम्झौता गर्दैछौँ’

एजेन्सी : चीनलाई २४५ प्रतिशतसम्मको कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भने चीनसँग सम्झौता लागेको बताएका छन्।
‘बिहीबार सञ्चारकर्मीले अमेरिकाका सहयोगीहरू चीनसँग नजिक हुँदै गएकोमा चिन्तित भएको हो?’ भन्ने प्रश्न गरेका थिए।
जसको जवाफमा ट्रम्पले भनेका थिए, ‘होइन। अमेरिकाले दुई दिनअघि मात्र चीनमाथि २४५ प्रतिशत कर लगाएको थियो।’
ट्रम्पले अमेरिकासँग कसैले पनि प्रतिष्पर्धा गर्न नसक्ने दाबी गर्दै चीनसँग एकदमै राम्रो सम्झौता गर्न गइरहेको बताए। ट्रम्पले चीन अमेरिकासँग भेट्न तयार रहेको समेत दाबी गर्न भ्याए।
यसैबीच उनले मेक्सिकोका राष्ट्रपतिसँग धेरै राम्रो कुराकानी भएको दाबी गर्दै जापानका व्यापारिक प्रतिनिधिहरूलाई पनि भेटेको जानकारी दिए।
२४५ प्रतिशत करपछि अमेरिकी जहाज निर्माता कम्पनी बाेइङसँग एक सय १७ वटा जहाज खरिद गर्ने सम्झौताबाट पछि हटेको चीन वार्ताको टेबलमा आउनुपर्ने उनको अडान छ।
यसअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पलाई उद्धृत गर्दै भनेकी छिन्, ‘बल चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्नुपर्छ। हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन।’
वैशाख ५, २०८२ शुक्रबार ०८:२१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।