वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान सात बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ’, जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुई पक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो।

वैशाख ५, २०८२ शुक्रबार ०७:३१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।