जारी आईपीएलमा मुम्बईको तेस्रो जित, हैदराबाद चार विकेटले पराजित

एजेन्सी : मुम्बई इण्डियन्स प्रिमियर लिग(आईपीएल) मा तेस्रो जित निकाल्न सफल भएको छ।
सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो। जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि सूर्य कुमार यादव २६ रनमा र विल ज्याक्स ३६ रनमा पबिलियन फर्कदा मुम्बईले ४ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो।
त्यसपछि स्कोर टाइ भएपछि जितको लागि १ रन जरुरी हुँदा मुम्बईले १८ औं ओभरमा २ विकेट गुमायो। हार्दिक पाण्ड्या २१ रनमा र नमन धीर रनको खाता नखोली आउट भए।
तिलक वर्माले अवोजित २१ रन बनाएर टिमलाई ११ बल अगाडि जित दिलाए। बलिङमा प्यटा क्युमिन्सले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए।
वानखेडे स्टेडियममा त्यसअघि टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विजेट गुमाउँदै १ सय ६२ रन बनायो।
अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल खेल्दै ७ चौका सहित ४० रनमा आउट भए। यसपछि भने हैदराबादले निरन्तर विकेट गुमायो। इशान किशन २ रनमा र ट्राभिस २९ बलमा २८ रन जोडेर आउट भए।
नितिश कुमार रेड्डी १९ रनमा र हेनरिक क्लासेन ३७ रनमा पबिलियन फर्किए। अंकित बर्मा अविजित १८ रनना क्रिजमा रहे।
बलिङमा विल ज्याक्सले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए। यसैगरी ट्रेन्ट बाउल्ट, जसप्रति बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट झारे।
सातौं खेलमा ६ अंक बनाएको मुम्बई लिगको सातौं स्थानमा रहेको छ। हैदराबादको यो पाँचौं हार हो। ७ खेलबाट उसले मात्र ४ अंक बनाएको छ। टोली अंक तालिकाको नवौं स्थानमा छ।
वैशाख ५, २०८२ शुक्रबार ०७:०७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।