‘समर्थक सामाजिक सञ्जालमा अराजक हुँदा पार्टीलाई घाटा भएको रास्वपाको निष्कर्ष

‘समर्थक सामाजिक सञ्जालमा अराजक हुँदा पार्टीलाई घाटा भएको रास्वपाको निष्कर्ष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा सामाजिक सञ्जालमा पार्टी समर्थकहरू अराजक हुँदा पार्टीलाई नै घाटा भएको विषयमा छलफल भएको छ।

पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले नै बैठकमा सामाजिक सञ्जालमा पार्टीको समर्थकहरूको अराजक उपस्थितिले पार्टीकै लागि घातक हुने धारणा राखेका थिए।

उनले यसलाई रोक्न पार्टीका सबै सदस्यहरूलाई सामाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले पार्टीको संसदीय दलको उपनेता बिराज भक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जन-यात्रा अभियान’को कार्यविधि सर्वसम्मतले पारित गरेको छ।

वैशाख ४, २०८२ बिहीबार १९:४७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।