मिस पविले संवादै बोल्न नसकेपछि भूमिका नै छोट्टियो फिल्म माग्ने राजामा

मिस पविले संवादै बोल्न नसकेपछि भूमिका नै छोट्टियो फिल्म माग्ने राजामा

काठमाडौं : टिकटकबाट म्युजिक भिडियो हुँदै कमेडी शोसम्म पुग्न सफल मिस पविलाई अभिनयका लागि फिल्मको अफर पनि आयो। अनुबन्धित पनि भइन्।

तर टिकटकमा लाइभ बस्नुजस्तो अभिनय गर्न सजिलो हुने कुरै भएन। तर पछिल्लो समय कमेडी दरबारमा अनुबन्धित भएकी उनले हल्का भए पनि अभिनय सिकिन् कि भनेको रैनछ।

फिल्म ‘माग्ने राजा’मा अनुबन्धित भएकी पवि (पवित्रा साँकी) ले अभिनय गर्नै सकिनन्। निर्देशकले प्रयास गरेको गर्यै गरे। तर उनीबाट पारै लागेन। केही भाग सुटिङ भइसकेकाले फिल्मबाटै हटाउनु पनि कसरी। अनि उनले जति अभिनय गरिन् त्यति भाग राख्ने गरी उनका लागि छुट्टाइएको अन्य भागमा भने अर्की कलाकार राखियो।

निर्माण टिमका अनुसार मिस पविले संवाद बोल्नै सकिनन्। जति प्रयास गर्दा पनि उनको क्षमता नसुध्रिएपछि करिब चार सिनजतिमा अर्कै कलाकार राखियो।

अब टिकटक हुँदै अभिनयमा आउँदैमा अभिनय नै गर्न सक्दैनन् भन्ने पनि हैन। टिकटकबाट चर्चामा आएर अभिनयमा आएका अन्य कलाकार पनि छन् जो टिकिरहेका छन्।

होस्टेल ३ हेर्ने हो भने त अधिकांश मुख्य कलाकारहरू कि टिकटकर छन् कि यूट्युवर। तर तिनीहरूको अभिनय हेर्ने हो भने नियमित अभिनय गरिरहेका कलाकारभन्दा कम देखिएको थिएन।

तर यो मामिलामा मिस पविलाई क्षमताले साथ दिएन। रहर गरेर मात्र अभिनय हुने कुरा पनि भएन। अब फिल्ममै अभिनय गर्ने हो भने उनले अभिनय अनि संवादको क्षमता नबढाएर अभिनयको रहर रहरमै सकिने जोखिम पो देखिन्छ। जे होस् सिन छोट्टिए पनि फिल्ममा डेब्यु भने हुने भयो।

वैशाख ४, २०८२ बिहीबार १९:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।