देश खत्तम भयो भन्ने भाष्य निर्माण हुनुमा नेताहरूनै दोषी छन् : डा.आरजु राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरूबाटै भएको बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको भन्दै यसमा राजनीति गर्ने मान्छेहरूको नै दोष रहेको बताइन्।
‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं। किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौ। यो एउटा ठूलो प्रश्न छ,’ उनले भनिन् ‘हामी राजनीति गर्ने मान्छेहरू नै यसको दोषि हौं कि जस्तो लाग्छ। जहिले पनि असहज परिस्थिती बनाई राख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ। यसमा राजनीति गर्ने मान्छेहरूको नै दोष हो कि भन्ने जस्तो लाग्छ।’
यस्तै, उनले देशमा केही पनि भएको छैन्, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसका पछि नलाग्न आग्रह गरेकी छन्।
वैशाख ४, २०८२ बिहीबार १९:१५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।