रास्वपा महाधिवेशनको नयाँ मिति, अब फागुनमा चितवनमा गर्ने

रास्वपा महाधिवेशनको नयाँ मिति, अब फागुनमा चितवनमा गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति तोकेको हो।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन सक्काउने निर्णय गरेको छ।

यसैगरि माघ १५ सम्ममा प्रदेश अधिवेशन सकाएर २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको उनले जानकारी दिए।

वैशाख ४, २०८२ बिहीबार १८:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।