मध्यरातमा बाँसको झ्याङमा भेटियो २४ किलो चरेश

मध्यरातमा बाँसको झ्याङमा भेटियो २४ किलो चरेश

रौतहट : बुधबार पर्सा सशस्त्र प्रहरी बलको कार्यालयमा एउटा सूचना आइपुग्यो। सूचना थियो अवैध लागूऔषध लुकाएर राखिएको।

सूचना पाए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोली मुभ भइहाल्यो । 

रातीको ११ बजे प्रहरीको टोलीले पोखरिया नगरपालिकाको मननपुर भन्ने ठाँउमा रोकियो । तलासी गर्दा प्रहरीले बाँसको झ्याङमा खानेतेलको ग्यालेन भेट्यो । ‘ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लाष्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेश फेला परेको थियो,’ सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले भने ।

बरामद गरिएको चरेशलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।

वैशाख ४, २०८२ बिहीबार १७:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।