तनहुँमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमाअन्तरगत तनहुँको गल्छिनामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ।
पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्साल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन्। घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
वैशाख ४, २०८२ बिहीबार १५:२९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।