बीवाईडी ईभीमा साइमेक्सको १० वर्षसम्मको वारेन्टी

काठमाडौं : बीवाईडी अटोमोबाइलको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्ना विद्युतीय सवारीहरू (ईभी)का लागि नयाँ विस्तारित वारेन्टी नीति लागू गरेको छ।
कम्पनीले अफ्टर सेल्स सेवामा उद्योगकै अग्रणी मानक स्थापना गर्ने उद्देश्यले यो नीति ल्याएको हो।साइमेक्सले विद्युतीय सवारी प्रविधिमा रहेको बीवाईडीको आत्मविश्वास र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै ब्याट्री, मोटर, तथा अन्य कम्पोनेन्टहरूको वारेन्टी अवधि थपेको जनाएको छ।
नयाँ वारेन्टी कभरेज:-
ब्याट्री वारेन्टी : अब १० वर्ष वा २ लाख किलोमिटरसम्म (पहिले ८ वर्ष वा १.६ लाख किलोमिटर)
मोटर वारेन्टी : अब १० वर्ष वा २ लाख किलोमिटरसम्म (पहिले ८ वर्ष वा १.५ लाख किलोमिटर)
होल भेइकल वारेन्टी : अब ५ वर्ष वा १.२५ लाख किलोमिटरसम्म
जनरल पार्ट्स वारेन्टी : अब ७.५ वर्ष वा १.८७ लाख किलोमिटरसम्म
यो नयाँ वारेन्टी नीतिले बीवाईडी सवारीमाथिको ग्राहकको दीर्घकालीन विश्वास बढाउने सीईओ साहिल श्रेष्ठ बताउँछन्। यसले विद्युतीय सवारीको क्षेत्रमा आफूहरूको प्रतिबद्धता जनाउने उनको भनाइ छ।
हाल साइमेक्ससँग नेपालभर १३ भन्दा बढी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क छन्।
वैशाख ४, २०८२ बिहीबार १२:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।