दराजले डीएफएलपी २०२५ सुरू गर्दै, ८ वैशाखदेखि आवेदन खुला

काठमाडौं : दराजले दक्षिण एशियामा दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवात गरेको छ।
नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा सञ्चालित यो म्यानेजमेन्ट ट्रेनी कार्यक्रमले भविष्यका नेतृत्वदायी स्थानिय प्रतिभालाई पहिचान गरी ई-कमर्श क्षेत्रलाई समृद्ध बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
१५ महिने यो घुम्ती कार्यक्रम जुलाई २०२५ बाट सुरू हुनेछ। सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित प्रशिक्षण, वरिष्ठ नेतृत्वको मार्गदर्शन र स्थानीय-अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर पाउनेछन्। यो कार्यक्रमले व्यावहारिक अनुभव र सीप विकासमा जोड दिन्छ।
डीएफएलपी २०२५ हालै स्नातक गरेका, शैक्षिक र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही युवाहरूका लागि खुला छ। उम्मेदवारमा टिमवर्क, नेतृत्व सम्भावना, प्रभावकारी संवाद कौशल र अनुकुलनशीलता आवश्यक छ। आवेदन ८ वैशाखदेखि १४ दिनसम्म दराजको वेबसाइटमा रहेको करियर पेजमार्फत अनलाइनमा दिन सकिनेछ।
कडा छनोट प्रक्रियामार्फत देशभरका विश्वविद्यालयबाट योग्य युवाहरू छानिने कम्पनीले जनाएको छ। उनीहरूलाई प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्गदर्शन र व्यवहारिक अनुभव प्रदान गरिनेछ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजमा नेतृत्वदायी भूमिका र दीर्घकालिन करियर अवसर प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक पारिश्रमिक र पुरस्कारले सम्मान गरिनेछ।
वैशाख ४, २०८२ बिहीबार १२:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।