एनसेलले ल्यायो सस्ता अनलिमिटेड प्याकहरू

काठमाडौं : दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको रु ३० भन्दा कममा अनलिमिटेड भ्वाइस र डेटा सेवा प्रदान गर्ने नयाँ प्याकहरू ल्याएको छ। ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले यी सस्ता प्याकहरू सार्वजनिक गरेको हो।
भ्वाइस प्याक
एनसेलले रु ३९ देखि रु ५९९ सम्मका ६ वटा भ्वाइस प्याक ल्याएको छ। जसमा रु १९८ मा ७ दिनको अनलिमिटेड अल नेपाल प्याक छ, जुन प्रतिदिन रु २८.३ मा उपलब्ध छ।
रु ५० मा ३ दिनको अनलिमिटेड डे अन नेट प्याक र रु ५९९ मा ८४ दिनसम्म ९९९ मिनेट अल नेपाल टक टाइम पनि उपलब्ध छ। भारतमा सस्तोमा फोन गर्न रु ४९ मा २८ दिनको आइएलडी प्याक छ, जसमा प्रतिमिनेट रु २.९९ लाग्छ।
डेटा प्याक
डेटा सेवामा, रु ९९ मा ३ दिनको अनलिमिटेड डेटा र रु २,४९९ मा ८४ दिनको अनलिमिटेड डेटा प्याक छन्। यो दोस्रो प्याकले प्रतिदिन रु २९.८ मा डेटा प्रदान गर्छ। रु १,९९९ मा २८ दिनको सधैं अन प्याकमा अनलिमिटेड डेटा र भ्वाइस छ।
यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एप वा नजिकको एनसेल पसलबाट लिन सकिन्छ। एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले यी प्याकले ग्राहकको डिजिटल जीवनशैलीलाई सहज बनाउने बताए।
वैशाख ४, २०८२ बिहीबार १२:१४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।