सुनको मूल्य एक लाख ९० हजार पुग्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ।
वैशाख ४, २०८२ बिहीबार ११:३५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।