भैरहवामा प्रचण्डको मर्निङ्ग वाक

भैरहवामा प्रचण्डको मर्निङ्ग वाक

बुटवल : पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैरहवामा मर्निङ्ग वाक गरेका छन्।

‘जनतासँग माओवादी : तराई-मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत बुधबार रुपन्देही आइपुगेका प्रचण्डले आज विहान यस क्षेत्रमा मर्निङ्ग वाक गरेका हुन्।

‘प्रचण्ड’ले बिहीबार रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन्। उनी नेतृत्वको केन्द्रीय टोलीले आज साँझ कपिलवस्तु प्रवेश गर्ने कार्यतालिका रहेको छ।

वैशाख ४, २०८२ बिहीबार १०:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।