बुटवलका एकपछि अर्को सहकारी समस्याग्रस्त, सनराइजका सञ्चालक कार्यालय बन्द गरेर फरार

बुटवल : बुटवलमा एकपछि अर्को सहकारी समस्याग्रस्त हुँदै गएका छन्।
पछिल्लो समय बुटवलको सनराइज बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त भएको छ। बचतकर्ताको रकम दिन नसकेपछि अहिले सहकारी सञ्चालकहरू कार्यालय बन्द गरेर फरार भएका छन्।
त्यहाँका कर्मचारीहरूले सहकारीका अध्यक्ष आकाश भट्टराईले बचत रकम अपचलन गरेर फरार भएपछि सहकारीको कार्यालय बन्द गरिएको बताएका छन्।
बुटवल ११ मा दुई वर्षअघि मात्र स्थापना भएको सहकारी समस्याग्रस्त भएपछि बचकर्ताहरु दिनहुँ जसो कार्यालयमा धाउने गरेका छन्।
सामान्य मजदुरी गरेर जम्मा गरेको रकम सहकारीले अपचलन गरेपछि पीडितहरू रकम फिर्ताको पहल गरिदिन सरोकारवाला पक्ष सँग आग्रह गरेका छन्।
न्यू होराइजन चोकका दिनेश लोधले ज्यालामजदुरी गरेर जम्मा गरेको रकम सहकारीले अपचलन गरेको बताए।
वैशाख ४, २०८२ बिहीबार १०:४८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।