पाकिस्तानमा ढुङ्गाजत्रा असिना, सवारी साधन र घरका झ्यालका सिसा झर्यामझुरुम

एजेन्सी : पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा विनाशकारी असिना परेको छ।
दुवै प्रदेशमा ढुङ्गाजत्रा असिना परेपछि यस क्षेत्रका सयौं सवारी साधन र घरका झ्यालका सिसा फुटेका छन्।
बीबीसी उर्दूका अनुसार, इस्लामाबादमा बस्ने मानिसहरूले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन्।
खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो भने भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको थियो। जसका कारण धेरै सवारी साधन पानीमा बगेका थिए।
असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
वैशाख ४, २०८२ बिहीबार ०९:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।