जारी आईपीएलमा पहिलो सुपर ओभर : स्टार्कको बलिङमा दिल्लीले राजस्थानलाई हरायो, पुग्यो टेबलको टपमा

जारी आईपीएलमा पहिलो सुपर ओभर : स्टार्कको बलिङमा दिल्लीले राजस्थानलाई हरायो, पुग्यो टेबलको टपमा

एजेन्सी : आईपीएलको १८औं सिजनको पहिलो सुपर ओभरमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

सुपर ओभरमा पहिले ब्याटिङ गर्दै राजस्थानले मिचेल स्टार्कविरुद्ध ११ रन बनाएको थियो। दिल्लीका केएल राहुल र ट्रिस्टन स्टब्सले सन्दीप शर्माको बलिङमा ४ बलमै लक्ष्य पूरा गरे।

त्यसअघि राजस्थानले बुधबार अरुण जेटली रंगशालामा बलिङ गर्ने निर्णय गर्यो। दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनायो। राजस्थानले पनि ४ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो।

मिचेल स्टार्कले २०औं ओभरमा शिमरोन हेटमायर र ध्रुव जुरेल विरुद्ध ९ रन डिफेन्ड गर्दै खेल बराबरी गरेका थिए।

राजस्थानका लागि नितिश राणा र यशस्वी जैसवालले अर्धशतक बनाए। कप्तान सञ्जु स्यामसन ३१ रन बनाएपछि रिटायर्ड हर्ट भए। जोफ्रा आर्चरले २ विकेट लिए।

दिल्लीका अभिषेक पोरेलले ४९ रन बनाए। कुलदीप यादव, अक्षर पटेल र मिचेल स्टार्कले १-१ विकेट लिए।

दिल्लीका तीव्र गतिका बलर मिचेल स्टार्कले टोलीलाई खेल जिताउन मद्दत गरे। उनले पहिलो २० औं ओभरमा ९ रनको बचाउ गरे र खेल बराबरी गरे। 

स्टार्कले राजस्थानका लागि अर्धशतक बनाएका नितिश राणालाई पनि प्याभेलियन पठाए। त्यसपछि स्टार्कले सुपर ओभरमा केवल ११ रन दिए। राजस्थानका रियान पराग र सिमरन हेटमायर रनआउट हुन पुगे।

जितसँगै दिल्ली छ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा पराजित राजस्थान सात खेलमध्ये दुईमा मात्र जित निकालेर तालिकाको आठौं स्थानमा छ।

वैशाख ४, २०८२ बिहीबार ०८:०३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।