ट्रम्पले भने- हार्वर्डका शिक्षकहरू मूर्ख छन्, अब यो पढ्नलायक छैन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्।
बुधबार ट्रम्पले विश्वविद्यालय मजाक भएको बताउँदै केबल यसले अवकाशप्राप्त कर्मचारीलाई भर्ति गरेको आरोप लगाएका छन्।
ट्रम्पले हार्वर्ड अब विश्वका उत्कृष्ट विश्वविद्यालय वा कलेजहरूको कुनै पनि सूचीमा समावेश हुन नहुने बताए।
उनले भने, ‘हार्वर्ड एउटा मजाक हो जसले घृणा र मूर्खता सिकाउँछ। यसले अब सरकारी पैसा पाउनु हुँदैन।’
ट्रम्पको यो बयान त्यस्तो समयमा आएको हो जब उनले एक दिनअघि हार्वर्डको २८ हजार आठ सय करोड रुपैयाँको कोष रोकेका थिए र यसको करमुक्त स्थिति समाप्त गर्ने कुरा गरेका थिए।
ट्रम्पले न्यूयोर्क र शिकागोका डेमोक्र्याटिक मेयर बिल डे ब्लासियो र लोरी एलेन लाइटफुटको पनि आलोचना गरे।
उनले भने, ‘सबैलाई थाहा छ हार्वर्डले आफ्नो बाटो बिरायो। हार्वर्डले न्युयोर्क र शिकागोका मेयरहरूलाई नगरपालिका व्यवस्थापन र शासन सिकाउन ठूलो तलब दिएर नियुक्त गरेको छ।’
वैशाख ४, २०८२ बिहीबार ०७:४९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।