आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल मड्रिड बाहिरियो

आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल मड्रिड बाहिरियो

एजेन्सी : आर्सनल च्याम्पियन लिगको सेमिफाइनलमा पुगेको छ। रियल म्याड्रिडसँग बुधबार २-१ ले पराजित गर्दै समग्रमा ५-१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो।

पहिलो लेगमा ३-० ले विजयी आर्सनलका लागि बोकायो साकाले ६५औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए।

इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि दोस्रो लेगमा जित निकाल्यो। योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ।

अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बायर्न म्युनिखसँग बुधबार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो।

पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।

वैशाख ४, २०८२ बिहीबार ०७:१५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।