ताप्लेजुङमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा एक बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको हो । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्।

फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय चालक सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र  स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। 

 घाइते सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ। सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। 

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।
 

वैशाख ३, २०८२ बुधबार १८:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।