इन्फो डेभलपर्स र वन पोइन्ट फाईनान्सियल सर्भिसेजबीच सहकार्यको समझदारी

इन्फो डेभलपर्स र वन पोइन्ट फाईनान्सियल सर्भिसेजबीच सहकार्यको समझदारी

काठमाडौं–इन्फो डेभलपर्स प्रालि र अत्याधुनिक एपिआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेजबिच रणनीतिक साझेदारी सुरु भएको छ।

दुवै कम्पनीबीच पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत, सुरक्षित र मापदण्ड अनुरूपको एपिआइ सेवा दिने सहमति भएको हो। साझेदारी अनुसार हाल पुमोरीमा प्रयोग भइरहेका टीटुपी र पिडिएक्स प्रणालीलाई क्रमिक रूपमा एपिआई म्यानेजरसहितको उन्नत संस्करणले प्रतिस्थापन गरिने उल्लेख छ।

वन पोइन्टको एपिआइ म्यानेजमेन्ट सिस्टम हाल नेपालका १६ वटा बढी वाणिज्य बैंक तथा ७ अन्तर्राष्ट्रिय बैंकहरूद्वारा डिजिटल भुक्तानी तथा सुरक्षित एपिआई एकीकरणका लागि प्रयोग भइरहेको प्रणाली हो।

साझेदारीपछि  पुमोरी प्रयोगकर्ता बैंक तथा वित्तीय संस्थाहरूले पनि सोही उन्नत प्रविधिको प्रयोग गरी ई–बैंकिङ, मोबाइल बैंकिङ, तथा स्वचालित बैंकिङ सेवाहरू थप प्रभावकारी रूपमा विस्तार गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

सहमतिपछि इन्फो डेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले साझेदारीलाई नेपाली बैंकिङ क्षेत्रको डिजिटल यात्रामा महत्त्वपूर्ण माइलस्टोनको रूपमा लिएको बताए।

वन पोइन्ट फाईनानसियल सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले एपिआइ प्रणालीले बैंकहरूलाई डेटा केन्द्रित निर्णय लिन र छरितो सेवा प्रदान गर्न सहयोग पुर्याउने बताए।

वैशाख ३, २०८२ बुधबार १७:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।