आगामी नीति तथा कार्यक्रमका लागि एमालेले प्रधानमन्त्रीलाई दियो सुझाव

आगामी नीति तथा कार्यक्रमका लागि एमालेले प्रधानमन्त्रीलाई दियो सुझाव

काठमाडौं : नेकपा एमालेले आगामी आर्थिक वर्षाको नीति तथा कार्यक्रम र बजेटका लागि प्रधानमन्त्री ओलीलाई सुझाव बुझाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन्।

महासचिव पोखरेलले एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनका आउन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले एमालेले दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
 

वैशाख ३, २०८२ बुधबार १७:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।