मीनभवनमा ‘कन्दमुल’

काठमाडौं : काठमाडौंको मीनभवनमा कन्दमूल एग्रो एण्ड फार्म खुलेको छ।
बुधबार फार्मको उद्घाटन गर्दै नेपाली बजारमा स्थानीय उत्पादनको प्रोत्साहन र प्रचार गर्ने उद्देश्यमा आधारित आफ्ना योजनाहरू सार्वजनिक गरियो।
नेपाली माटोमा उब्जिएका ताजा, गुणस्तरीय, प्राकृतिक तथा हस्तनिर्मित उत्पादनहरूलाई उपभोक्ताको घरमा पुर्याउन फार्म खुलेको प्रबन्ध निर्देशक एन्जीला भट्टराई जानकारी दिइन्।
फार्मले नेपाली परम्परा, स्वाद र स्वास्थ्यको संरक्षणका लागि महत्वपूर्ण कदम चालेको उनको दाबी छ।
वैशाख ३, २०८२ बुधबार १४:०४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।