रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो दुई बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन कार्य विवरण र विशेष रिपोर्टिङ हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार विशेष रिपोर्टिङभित्र जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण कार्यक्रम पर्नेछन्।
यसअघि बसेको रास्वपा सचिवालय बैठकले उच्च अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरू नगर्दै चैत २२ गते प्रहरीले सभापति रवि लामिछानेलाई गरेको पक्राउ कानूनको उचित प्रक्रियाविपरीत रहेको निष्कर्ष निकालेको थियो।
वैशाख ३, २०८२ बुधबार १३:१८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।