नेपालविरुद्ध ११५ रनमा समेटियो हङकङ, युवराजले लिए चार विकेट

काठमाडौं : आईसीसी यु१९ विश्वकप एसिया छनोट अन्तर्गत आजको खेलमा नेपालविरुद्ध हङकङ ११५ रनमा समेटिएको छ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङ ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएसँगै नेपालले ११६ रनको लक्ष्य पाएको हो।
उसका लागि कप्तान तथा विकेटकिपर शिव माथुरले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक आर्या पञ्जवानी १३, वीर माथुर १२, ह्यारी थोमस हड्गसनले १० रन जोडे।
नेपालका युवराज खत्रीले चार विकेट लिँदा विपिन प्रसाद शर्मा तीन, सन्तोष यादव दुई र अशोक धामीले एक विकेट हात पारे।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
पहिलो र दोस्रो खेलमा विजयी भएको नेपाल आज आफ्नो तेस्रो खेल खेल्दैछ भने पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको हङकङको यो दोस्रो खेल हो।
वैशाख ३, २०८२ बुधबार १२:४५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।