एमभी दुगर ग्रुपद्वारा नेपालमा रिभोल्ट मोटर्सको इलेक्ट्रिक मोटरसाइकल बिक्री सुरू

काठमाडौं : एमभी दुगर ग्रुपले नेपालमा इलेक्ट्रिक मोटरसाइकल रिभोल्ट मोटरको सुरुवात गरेको छ। यसले नेपालको यातायात क्षेत्रमा टिकाऊ र स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
काठमाडौंको नक्सालमाख आयोजित भव्य उद्घाटनमा रिभोल्टको पाँचवटा मोडेल सार्वजनिक गरिएको छ। कम्पनीले १५० किलोमिटर रेन्ज दिने, तीन राइडिङ मोड भएको र मोबाइल एप कनेक्टिविटी भएको आरभी४०० को मूल्य चार लाख ४९ हजार रुपैयाँ तोकेको छ।
यस्तै कम्पनीले परफर्मेन्स आधारित आरभी४०० बीआरजेडको मूल्य चार लाख १९ हजार, चार किलोवाट मोटर पावर भएको आरभी ब्लेजएक्सकमो मूल्य तीन लाख ९९ हजार, स्टाइलिश कम्युटर बाइक आरभीवान प्लसको मूल्य तीन लाख ४९ हजार र एन्ट्री लेभल मोडल आरभीवानको मूल्य दुई लाख ९९ हजार तोकेको छ।
यी सबै मोटरसाइकलहरूमा आईपी६७ रेटेड ब्याट्री, रिजेनरेटिभ ब्रेकिंग, जिओ-फेन्सिंग, र एन्टी-थेफ्ट अलर्ट जस्ता फिचरहरू उपलब्ध छन्।
कार्यक्रममा एमभी दुगर ग्रुपका अध्यक्ष मोती लाल दुगरले नेपाली सवारी प्रयोगकर्ताहरूलाई भविष्यमुखी र इको-फ्रेन्ड्ली प्रविधि प्रदान गर्ने प्रतिबद्धतामा आफू प्रतिबद्ध रहेको बताए।
सोही कार्यक्रममा रिभोल्ट मोटर्सकी अध्यक्ष अन्जली रतनले नेपालको रणनीतिक महत्व र स्वच्छ ऊर्जाको प्रवर्द्धनमा आफूहरूको जोड रहेको बताइन्।
एमभी दुगर ग्रुपले पोखरा, बिराटनगर, नेपालगञ्ज, बुटवल, र धनगढी जस्ता शहरहरूमा १५ शोरूम खोल्ने योजना बनाएको छ।
नक्सालस्थित शोरूम उद्घाटन भएसँगै यहाँ टेस्ट राइड र बुकिंग सुरू भएको छ। कम्पनीले पहिलो बुकिङ गर्ने १०१ ग्राहकलाई विशेष छुट दिने जनाएको छ।
एमभी दुगर ग्रुप र रिभोल्ट मोटर्सको साझेदारीले नेपालमा इलेक्ट्रिक यातायातको भविष्यलाई बदल्ने दुवै कम्पनीको अपेक्षा छ।
वैशाख ३, २०८२ बुधबार १२:३१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।