२७ सयले बढ्यो सुन, मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७ सय रुपैयाँ बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।
वैशाख ३, २०८२ बुधबार ११:३२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।