नयाँ वर्षको स्वागतसँगै सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा

नयाँ वर्षको स्वागतसँगै सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा

काठमाडौं : सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ। यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ।

ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चिन्ता नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ। सामसङको एआई-फर्स्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज हुनेछ।

अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीको दाबी छ।

अहिले यो फोन टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे गरी दुई रङमा उपलब्ध छ। कम्पनीले यसको मूल्य दुई लाख ३४ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। यो फोन वैशाख ४ गतेबाट उपलब्ध हुने कम्पनीको भनाइ छ।

सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ शून्य प्रतिशत ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक ११ हजार ७५० रुपैयाँ इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ।

साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्स्योरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबको फोन र अर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

वैशाख ३, २०८२ बुधबार ११:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।