शिक्षक आन्दोलनको दबाब, बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

शिक्षक आन्दोलनको दबाब, बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले  संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतको प्रयोजनका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

शिक्षक आन्दोलनको दबाबमा रहेको सरकारले विशेष अधिवेशन नबोलाएर बर्खे अधिवेशन बोलाएको हो। विद्यालय शिक्षा ऐन अब सोही अधिवेशनबाट अघि बढाइनेछ।

वैशाख ३, २०८२ बुधबार ०८:३०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।