यु१९ विश्वकप छनोटमा नेपाल हङकङसँग भिड्दै, युएईले अफगानिस्तानको सामना गर्ने

काठमाडौं : यु१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग खेल्दैछ। खेल विहान साढे ९ बजे तल्लो मुलपानी क्रिकेट स्टेडियममा हुनेछ।
नेपाली टोलीले यसअघि युएई र ओमानलाई पराजित गरेर उच्च मनोबलका साथ मैदान उत्रँदा हङकङ भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।
आजै अफगानिस्तान र युएईबीचको खेल पनि हुँदैछ। जुन खेल साढे नौ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। अफगानिस्तानले हङकङ र ओमानलाई पराजित गरेको थियो भने युएई नेपालसँग पराजित भएको थियो।
अंकतालिकामा अफगानिस्तान दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा रहँदा समान खेलमा समान अंकसहित नेपाल दोस्रो स्थानमा छ। नेट रनरेटमा अफगानिस्तान निक्कै माथि छ।
एक खेलमा पराजित भएको युएई तेस्रो स्थानमा हुँदा समान खेलमा पराजित भएको हङकङ नेट रनरेटका आधारमा चौथो स्थानमा छ। खेलेका दुवै खेलमा पराजित ओमान पुच्छारमा छ।
पाँच देश सम्मिलित छनोटबाट एउटा मात्र टिमले २०१६ मा हुने विश्वकप खेल्नेछ।
वैशाख ३, २०८२ बुधबार ०८:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।