अराजक समूहले साइनबोर्ड तोडफोड गरेको भन्दै मदन भण्डारी प्रतिष्ठानले गर्यो भर्त्सना

काठमाडौं : अस्पताल परिसरमा प्रवेश गरी साइन बोर्डमा तोडफोड र केरमेट गरेर अनधिकृत रुपमा अर्को बोर्ड टाँस्ने क्रियाकलाप भएको भन्दै हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्त्सना गरेको छ।
अस्पतालले २०८१ चैत ३१ गते एक विज्ञप्ति जारी गर्दै एक हुल अराजक समूहले अस्पतालमा परिसरमा प्रवेश गरेर अनधिकृत रुपमा यस्तो क्रियाकलाप गरेको बताएको हो।
घटनाका दोषीलाई सम्बन्धित निकायबाट तत्काल छानबिन गरी कानुनी दायरामा ल्याउन समेत प्रतिष्ठानले अनुरोध गरेको छ।
यस्ता गतिविधिले अस्पतालमा उपचार गराइरहेका बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीमा त्रास, अन्योलता र असुरक्षा उत्पन्न गरेको भन्दै प्रतिष्ठानले भर्त्सना गरेको छ । ‘‘यस किसमको गतिविधिले कसैलाई फाइदा नपुगी हेटौंडा अस्पताललाई पुरानै अवस्थामा रेफर गर्ने अस्पतालको रुपमा विकास गर्न तल्लीन स्वार्थ समूहलाई मात्रै फाइदा पुग्ने देखिन्छ,’विज्ञप्तिमा भनिएको छ।
वैशाख २, २०८२ मंगलबार २०:५३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।