एआईबाट बनाइएका अश्लील तस्बिर बेच्ने चार जना पक्राउ

एजेन्सी : जेनेरेटिभ एआई प्रयोग गरेर सिर्जना गरिएका अश्लील तस्बिर बेचेको आरोपमा चार जना जापान प्रहरीको फन्दामा परेका छन् ।
अश्लील पोस्टरहरू बनाएर अनलाइनमा बेच्ने गरेको आरोप लागेका चार जनालाई सोमबार पक्राउ गरिएको टोकियो प्रहरीका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था एएफपीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले गत अक्टोबरमा लिलामी साइटहरूमा धेरै पटक तस्बिरहरू बेचेका थिए ।
संदिग्धहरूले वास्तविक संसारमा नभएका नग्न वयस्क महिलाहरूको तस्बिर सिर्जना गर्न निःशुल्क एआई सफ्टवेयर प्रयोग गर्ने गरेका थिए । उनीहरूले बनाएका ति तस्बिर वास्तविक मानिसका होइनन् तर देख्दा यथार्थ लाग्ने प्रकारका हुन्छन् ।
२० देखि ५० वर्षको उमेरका चार जनाले प्रत्येक पोस्टरलाई २० देखि ५० डलरसम्ममा बेचेका थिए ।
आरोप प्रमाणित भए उनीहरूमाथि दुई वर्ष जेल सजाय र १७ हजार पाँच सय डलर सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
‘डिपफेक’को उत्पादनका लागि एआईको प्रयोगमाथि विश्वभर चिन्ता बढ्दै गइरहेको छ ।
वैशाख २, २०८२ मंगलबार १८:३१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।