२८ वर्षीय सुजनले तेस्रो पटक छेडे जिब्रो

भक्तपुर : भक्तपुरको मध्यपुरथिमी स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ।
जात्रामा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्राको क्रममा १० इन्च लामो फलामकको सुइरोले सुजन बागको जिब्रो छेडिएको हो।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ भन्ने मान्यता रहेको छ।
वैशाख २, २०८२ मंगलबार १७:२८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।