डा खड्ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी डा खड्ग केसीलाई दिएको छ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्ने गरी जिम्मेवारी तोक्नुभएको हो।
उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयअनुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो।
विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।
वैशाख २, २०८२ मंगलबार १६:५१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।